पोखराका आशिषले काठमण्डौं बसेर अमेरिका निवासी नेपालीलाई ठगे
पाेखरा | माघ २७, २०७९
सांकेतिक तस्बिर
पोखराः अपराध जगत्मा पछिल्लो माध्यम बनेको छ इन्टरनेट । यही इन्टरनेटको सहाराले पोखराका आशिष परियारले अमेरिकामा रहेका नेपालीको नगद कुम्ल्याए ।
परियारले अमेरिकामा रहेका एक नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी नेपालस्थित उनको साथीलाई समस्या परेको भन्दै केही पैसा तुरुन्त पठाइदिन आग्रह गरे । म्यासेजमा बैंक खातासमेत उल्लेख गरिएको थियो ।
म्यासेज प्राप्त भएपछि उनले तुरुन्तै मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाइदिए । पैसा पठाएको २ दिनसम्म पनि अमेरिकामा रहेका साथी सम्पर्कमा नआएपछि बुझ्ने क्रममा उनका साथीमार्फत सामाजिक सञ्जाल ह्याक भएको सूचना पाए ।
सूचना पाएलगत्तै पीडितले साइबर ब्यूरोमा गत ११ गते निवेदन दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
निवेदन पाएपछि ब्यूरोको टोलीले अनुसन्धान अघि बढाई २६ गते परियारलाई पक्राउ गरेको छ । पोखरा लामाचौर स्थायी ठेगाना भएका २३ वर्षे परियारलाई काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।
‘हामीले बल्ल गहन अनुसन्धान सुरु गरेका छौं’ राय भन्छन् ‘पोखरा घर भएपनि उनी राजधानी बस्दै आएको थाहा भएको छ, अहिले सबै जानकारी दिन असमर्थ छौं ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

